Ad #144479

आजका मुख्य समाचारमा

नेपालमा आज कति थपिए कोरोना संक्रमित ?

२५ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १९ जना कोरोना संक्रमणको पुष्टि भएको छ ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

२५ माघ, विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकमा सत्तापक्षबाटै संसद अवरोध भएको छ । आइतबार दिउँसो अबेर सुरु भएको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले अवरुद्ध गरेका हुन् ।

भट्टको हत्यारालाई कारबाही गर्न कांग्रेस महिला विभागकाे माग

२५ माघ, काठमाडौं । बलत्कारपछि हत्या गरिएकी बैतडी, दोगडाकेदार गाउँपालिकाकी भागरथी भट्टको हत्यारालाई कारबाही गर्न नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले माग गरेको छ । विभागले आइतबार विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको हो ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै

२५ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ । दिउँसो २ बजे बस्ने भनिएको बैठक अझै बस्‍न सकेको छैन । कार्यव्यवस्था तथा परामर्श समितिको बैठक भने सकिएको हो ।

संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन : एनआरएनए

२५ माघ, लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ जना र अल्जेरिया १ जना को संक्रमणका कारण निधन भएको हो ।

लामो समयपछि वरिष्ठ कलाकारका कला प्रदर्शनी

२५ माघ, काठमाण्डौ। कोरोना कहरका कारण लगाइएको बन्दाबन्दीले कला क्षेत्रका गतिविधि रोकिएका थिए । विस्तारै बजार खुलेसँगै लामो समयको अन्तरालपछि कला क्षेत्रमा गतिविधि बढ्न थालेका छन् । यही क्रममा नेपाल आर्ट काउन्सिल, बबरमहलमा २० बढी कलाकारका कला प्रदर्शनी गरिएको छ ।

फेवातालको बाँध ४२ वर्षपछि मर्मत गरिंदै

२५ माघ, पोखरा। ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मतसम्भार हुन थालेको छ । विसं २०१८ मा बाँँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको सहयोगमा पुनःनिर्माण गरिएको थियो ।

गाउँपालिकाले सोनाम ल्होछारका अवसरमा तीन दिन सार्वजनिक बिदा दिंदै

२५ माघ, चरीकोट। दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । गाउँपालिकाले यही माघ २९ गते देखि फागुन १ गते सम्म सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत राजुप्रसाद साहले जानकारी दिनुभयो ।

माघ ३० गतेभित्र बहस सक्न प्रधानन्यायाधीशकाे आग्रह

२५ माघ, माठमाडौं । संसद विघटन मुद्दामा विपक्षीलाई पक्षलाई ३० माघभित्र बहस सक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आग्रह गरेका छन् । संसद विघटन मुद्दामा आफ्नो बहस ३० माघभित्रमा सक्न सरकारी पक्षलाई प्रधानन्यायाधीश जबराले आग्रह गरेका हुन् ।

अस्ट्रेलियामा डिजिटल भ्याक्सिन प्रमाणपत्र, खोप लगाएको प्रमाण स्मार्ट फोनबाटै प्रस्तुत गर्न सकिने

२५ माघ, क्यानबेरा। सरकारले कोरोनाभाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । यस योजना बमोजिम कोभिड खोप लगाएका अस्ट्रेलियाली नागरिकले आफूले खोप लगाएको प्रमाण स्मार्ट फोनबाटै प्रस्तुत गर्न सक्नेछन् ।

बङ्गलादेशमा पनि कोरोना भाइरसविरुद्धको खोप शुरु

२५ माघ, ढाका। बंगलादेशले गत महिनाको अन्तमा दुई दिने परीक्षणस्वरुप कोरोनाको खोप शुरु गरेकोमा आइतबारबाट यो खोप सर्वसाधारणलाई दिन थालेको छ । कोरोना भाइरसविरुद्धको खोप बंगलादेशमा आइतबारदेखि देशव्यापी रुपमा अभियानस्वरुप शुरु भएको बताइएको छ ।

भागरथी भट्ट हत्या प्रकरण : मोबाइल भेटिएपछि प्राविधिक विश्लेषणमा प्रहरी

२५ माघ, बैतडी । भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरुले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले भट्टको हत्या भएको विषयमा प्रहरी अनुसन्धान मोबाइलमा केन्द्रित भएको हाे ।

ओलीलाई संसद विघटनको अधिकार भएको जिकिर

२५ माघ, काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चमा परेको मुद्दामा आइतवार ‘आज’ ३ जनाले सरकारी पक्षबाट उपन्यायाधिवक्ताहरुले बहस गरेका छन् । सर्वोच्चको संवैधानिक इजलासमा भइरहेको सुनुवाइका क्रममा सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता दशरथ पंगेनी, अधिवक्ता श्यामकुमार भट्टराई र उद्धव प्रसाद पुडासैनीले बहस सकेका हुन् ।

पक्की घर पाउँदा माझीबस्तीमा खुसियाली

२५ माघ, वाग्मती। “यो घर हामीलाई नै देको हो र ! मलाई त सपना जस्तै लागेको छ !” रामेछापको खाँडादेवीस्थित सुनकोशी नदी किनारमा लहरै बनाइएका राता घरको नवनिर्मित माझीबस्तीको एक घरको आगनमा बस्नुभएकी २३ वर्षीया कान्छी माझी पक्कीघरमा बस्न पाउने कुराले हर्षविभोर हुनुहुन्थ्यो ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कारवाही तीव्र, ५० सवारीसाधन कारवाहीमा

२५ माघ, रसुवा। इजाजतबिना सवाारीसाधन चलाउने माथि ट्राफिक प्रहरीले कारवाही तीव्र पारेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालेको विषेश जाँच परीक्षण अन्तर्गत लामो समयदेखि सवारी साधनको नवीकरण नगरिएका र कतिपय चालकसँग अनुमति पत्र नभेटिएपछि परीक्षणकाल थप तीव्र पारिएको हो ।

सापकोटाको रिट ढुंगानाको तेस्रो नम्बरमा : सर्वोच्च

२५ माघ, काठमाडौं । संवैधानिक आयोग भएका नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्‍निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ । सापकोटाले उत्प्रेषणको आदेश माग्दै दायर गरेको रिट ढुंगानाको इजलासमा तेस्रो नम्बरमा परेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ ।

बगरमा डोजर चलाएपछि माझी समुदाय बिचल्लीमा, अब कहाँ जाने ?

२५ माघ, बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डुम्रे वरको बोटका मिश्रा माझी आजभोलि घर तलको बगरमा जाने र आफ्नो कमाई खाने बगरमा कुनै पनि मेशिन चलाउँन पाइँदैन भन्दै बिलौना गरी बस्ने गर्नुुभएको छ । वर्षौंदेखि सोही बगरमा सावेल, कोदालो र पिक चलाएर बालुवा चाल्दै त्यसबाट आएको पैसाले उहाँको पाँच जनाको परिवारको जीविकोपार्जन हुँदै आएको छ ।

पहिलो चरणमा बचेको खोप भोलिबाट लगाइने

२५ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा बचेको खोप कोभिड-१९ विरुद्धको खोप भोलिबाट लगाउन सुरु गर्ने भएको छ । जसका लागि पत्रकार, कुटनीतिक नियोग र यूएन एजेन्सीमा काम गर्नेहरूलाई प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ ।

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच शनिबार फोन वार्ता

२५ माघ, बेइजिङ। चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता भएको छ । उहाँहरुबीच शनिबार फोन वार्ता भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री याङ जियची र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच शनिबार फोनमा कुराकानी भएको बताइएको हो ।

ओलीकाे पक्षमा देशभर आकर्षण : रिमाल

२५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री ओलीका पक्षमा देशभर आकर्षण रहेको बताएका छन् ।

स्थानिय बजारमा सुन तोलामा कति रुपैयाँ ?

२५ माघ, काठमाडौं । नेपाली स्थानिय बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला भाउ ९० हजार ६ सय रुपैयाँ तोकेको हो ।

फिलिपिन्सको मिन्डानाओमा ६ म्याग्निच्युडको भूकम्प

२५ माघ, एजेन्सी । फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।  आइतबार जीएफजेड जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको मिन्डानाओ हो ।

राष्ट्रिय महिला फुटबल लिग : आज दुई खेल हुँदै

२५ माघ, काठमाण्डौ। राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेल विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच हुनेछ ।

पहिलो चरणमा देशभर एक लाख ८४ हजारले लगाए ‘कोभिशिल्ड’ खोप

२५ माघ, काठमाण्डौ। पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।

आज काठमाडौंसहित देशका धेरै ठाउँमा चिसो : मौसम पुर्वानुमान

२५ माघ, काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले हिमपातका कारण आइतबार काठमाडौंसहित देशका धेरै ठाउँमा चिसो बढेको जनाएको छ ।

आज माघ २५ गते आईतबार, सुर्यदेवको दर्शन गरी हेर्नुहोस तपाईंको राशिफल

आजको तपाईंको राशिफल