मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै

२५ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ । दिउँसो २ बजे बस्ने भनिएको बैठक अझै बस्‍न सकेको छैन । कार्यव्यवस्था तथा परामर्श समितिको बैठक भने सकिएको हो ।

बैठकले मुख्यमन्त्री राईविरुद्ध अविश्‍वासको प्रस्ताव सदनमा पेश गर्ने कार्यसूची तय गरेको हो । ‘नेपालको संविधानको धारा १८८९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १२९’१’ बमोजिम दर्ता भएको प्रदेश १ का माननीय मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्‍वासको प्रस्ताव ऐ.नियमावलीको नियम १२९’४’ बमोजिम पेश हुने’ प्रदेश सभाको दैनिक कार्यसूचीमा भनिएको छ । प्रदेश सभा बैठक केही बेरमा बस्‍ने बताइएको छ ।

[sidebar name="button post"]