Ad #144479

२५ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार रहेको जनाएका छन् । विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्य हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण रहेको बताएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको एक महिनापछि विश्व कूटनीतिबारेको पहिलो सम्बोधनका क्रममा बाइडेनले ट्रम्प प्रशासनले ल्याएको चीनविरोधी कडा धारका कारण चिनियाँ व्यवसायको विकासमा समस्या आएको भन्दै अब नवनिर्वाचित नेतृत्वबाट विश्वका प्रमुख अर्थतन्त्रबीचको सहकार्यलाई दिएको महत्त्वले विश्वको अर्थतन्त्रमा समेत सुधारको आशा जगाएको उल्लेख गरेका छन् ।

विगत चार वर्षमा अमेरिकी केही कूटनीतिज्ञले चीन-अमेरिकाका लागि ‘सबैभन्दा ठूलो खतरा’ भएको ठहर गर्दै अख्तियार गरेको विदेश नीतिका कारण चीन-अमेरिकाबीचको सम्बन्धमा थप तनाव देखिएको थियो ।

अमेरिकीहरूले गएको चार वर्षमा चीनको केन्द्रीय हित र मुख्य चासोका मामिलामा समेत हस्तक्षेप गरेका कारण दुई देश बीचको रणनीतिक विश्वासलाई गम्भीर मोडमा पुर्याएको चीनको बुझाइ रहेको छ । अमेरिकासँग शान्तिपूर्ण सह-अस्तित्व कायम राख्न चीन सधैं इच्छुक रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।