Ad #144479

आजका मुख्य समाचारमा

बेपत्ता व्यक्तिको छानबिन आयोग अध्यादेश जारी

नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ।

मुलुक निर्वाचनतर्फ गएको ओलीको दाबी

प्रधानमन्त्री केपी ओलीले आफैंले नारा लगाएका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले अस्थिरतातर्फ नभई चुनावतर्फ जान ओली नेतृत्वले आज काठमाडौंमा गरेको शक्ति प्रदर्शनमा यस्तो नारा लगाएका हुन् ।

नेपालमा २४ घण्टामा कति थपिए काेराेना संक्रमित ?

नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ।

राष्ट्रिय स्वाधीनताका पक्षमा एकजुट हुन गृहमन्त्रीको आह्वान

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय स्वाधीनताका पक्षमा एकजुट हुन सबैलाई आह्वान गर्नु भएको छ । नेकपाको आज यहाँ भएको बृहत् सभालाई सम्बोधन गर्दै उहाँले अस्थिरता र अवसरवादको विरुद्ध तथा राष्ट्रिय स्वाधीनताका पक्षमा सबै एकजुट हुन आह्वान गर्नुभयो ।   उहाँले जनतालाई आन्दोलित गरेर मात्र संविधानको रक्षा गर्न सकिने जनाउँदै निर्वाचनका माध्यमबाट देशलाई समृद्धि र स्थायित्व दिइने तथा समाजवादका दिशामा मुलुकलाई अगाडि बढाइने बताउनुभयो ।

तारकेश्वरको देखिएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आयो

काठमाडौंको तारकेश्वर नगरपालिकामा देखिएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको छ । यही माग १६ गते तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसमा बर्डफ्लु भाइरस सङ्क्रमण देखिएपछि थियो ।

टेलिकम १७ वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश, ७० प्रतिशत जनसङ्ख्यामा पहुँच

नेपालको दूरसञ्चार सेवामा अग्रणी संस्थाका रुपमा स्थापित नेपाल टेलिकम ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेड’ सत्र वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गरेको छ । सरकारले अघि सारेको डिजिटन नेपाल अवधारणालाई सार्थक बनाउन टेलिकमले देशको दुर्गम क्षेत्रमा समेत उच्चतम प्रविधिको प्रयोगमार्फत सेवा ग्राहकसमक्ष सेवा प्रदान गर्दै आएको छ ।

विघटनको प्रावधान संविधानमा नभएको पौडेलको जिकिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बहुमतको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ नेतृत्वको सरकारले जनताले दिएको मतको रक्षा गर्न नसकेको बताउनुभएको छ ।

शिक्षकको गलत छुवाइले बालबालिकाको मनोविज्ञानमा असर

कैलालीकी एक किशोरी अहिले १७ वर्षकी भइन् । उनी अहिले १२ कक्षामा पढ्छिन् । आठ कक्षामा अध्ययनरत रहँदा उनले नराम्रो छुवाइको पीडा भोगिन् । उनलाई पढाउने आफ्नै शिक्षकको व्यवहारले उनको पढाइमा असर प¥यो ।

सभामुखद्वारा सर्वोच्‍च अदालतमा दायर गरिएको रिटमा के छ ?

संवैधानिक अंगका नियुक्ति र सपथ असंवैधानिक भएको जिकीरसहित सभामुख अग्‍निप्रसाद सापकोटाद्वारा सर्वोच्‍च अदालतमा दायर गरिएको रिटमा आइतबार सुनुवाइ हुने भएको छ ।

मूल्य समायोजन हुन नसक्दा आयल निगमलाई पाक्षिक रु एक अर्ब नोक्सान

विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा पुगेको हो ।

ओली समुहको काठमाडौंमा जुलुस, ट्राफिक व्यवस्थापनमा असहज

संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सत्तारुढ नेकपा ओली समूहले मध्यावधि चुनाव तोकिएकै मितिमा हुने उद्घोषसहित देशभर प्रदर्शनहरु गरिरहेको छ ।

नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी, जटिललाई आवश्यक उपचार सेवा

नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी छन् । सामान्यदेखि जटिल मानसिक रोगका कैदीबन्दीलाई आवश्यक उपचार सेवा दिने गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा हाल एक हजार ५०० भन्दा बढी कैदीबन्दी छन् । तीमध्ये २६० जनामा मानसिक समस्या देखिएको कार्यालय प्रमुख मोहन अधिकारीले बताउनुभयो ।

किशोरीमा रक्तअल्पताको कमी हुन नदिन आइरन चक्की खुवाउने अभियान शुरु

किशोरीमा रक्तअल्पताको कमी हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयका किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु गरेको हो ।

एमसीसीको समर्थनमा नगएको प्रचण्डकाे प्रष्टीकरण

नेकपा दाहाल नेपाल समुहका अध्यक्ष पुक्ष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘एमसीसी’को समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् । प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’को समर्थनमा नगएको प्रष्टीकरण दिएका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ दुई महिनाभित्रै सम्पन्न हुने

मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो ।

बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी

बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।

बैतडीमा एक किशोरी शङ्कास्पदरूपमा मृत फेला, हत्याको आङ्शका

बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो ।

राष्ट्रसंघको सुरक्षा परिषद्ले गर्याे सुकीको रिहाइको माग

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको रिहाइको माग गरेको छ । बिहीबार सार्वजनिक गरिएको विज्ञप्तिमा परिषद्का सबै सदस्य मुलुकहरु म्यानमारमा प्रजातान्त्रिक परिवर्तनको पक्षमा रहेको बताएको छ ।

चियामा किन सधैँ एउटै समस्या दोहोरिन्छ ?

इलाम नगरपालिका चियाको इतिहास बोकेको नगर हो । विसं १९२० मा इलाम नगरपालिकाको अहिलेको इलाम चिया बगानमा तत्कालीन गजराजसिंह थापाले चिया रोपण गरेको इतिहास छ । त्यसपछि मात्रै अन्य क्षेत्रमा चिया रोपण भएको थियो ।

मनाङ आगो : हिउँ पर्न थालेसँगै नियन्त्रणमा

लामो समयदेखि मनाङको जङ्गलमा लागेको आगो नियन्त्रणमा आइरहेको छ । मानव संशाधनले नियन्त्रणमा लिन नसकेको आगलागी अहिले नियन्त्रण हुँदै गएको छ । मनाङमा हिउँ नपरेपछि जङ्गलमा लागेको आगो हिउँ पर्न थालेसँगै नियन्त्रणमा आउँदै गएको छ ।

भारी वर्षासंगै हिमपात : कतै हवाई सेवा बन्द, जनजीवन प्रभावित

हिमाली जिल्ला डोल्पामा भारी वर्षासंगै हिमपात भएको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएको छ ।

अभिलाषा र सोन्जा पहिलो

नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्समा शुक्रबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा अभिलाषा र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्बे्रचको जोडीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरे । अभिलाषा जारी प्रतियोगिताको महिलातर्फ शीर्ष वरीयता प्राप्त खेलाडी हुन् ।