Ad #144479

२३ माघ, काठमाडौं । नेकपा दाहाल नेपाल समुहका अध्यक्ष पुक्ष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘एमसीसी’को समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् । प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’को समर्थनमा नगएको प्रष्टीकरण दिएका हुन् ।

बिहीबारको आम हड्तालको अनुगमनका क्रममा नेता-कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाएपछि प्रचण्डले रोकेका थिए । त्यसै विषयमा शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले आन्दोलनका लागि तय भएका नारामात्रै लगाउन भनेको तर आफू एमसीसीको समर्थनमा नरहेको प्रष्ट्याएका हुन् ।

पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘म एमसीसीको समर्थनमा गएको छैन । परिमार्जन गर्न जरुरी छ । छलफल भइरहेको छ । पार्टीले कुनै निर्णय गरेको छैन ।’