Ad #144479

१९ माघ, काठमाडौं । आज प्रधानमन्त्री केपी ओलीले देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन गर्ने भएका छन । त्यसका लागि ओली नेपाली सेनाको हेलिकप्टरमार्फत् आज धनुषा जाने कार्यक्रम रहेको छ । त्यहाँ ओलीले आज मध्याह्न सबस्टेशनको उदघाटन गर्न लागेका हुन् ।

धनुषामा करिब डेढ घण्टा बिताएर उनी सिरहाको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएका छन् ।

यस्तै कूल ४००-२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् ।

ढल्केबर सबस्टेशन बनेसँगै नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।