Ad #144479

१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा नागरिक समाज आक्रामक ढंगले प्रस्तुत हुन थालेको छ । यसैक्रमा आज पनि ओलीको असंवैधानिक कदमविरुद्ध नागरिक समाजले राजधानीको सिफलमा विरोधसभाको आयोजना गरेको छ ।

नागरिक अगुवाहरु केदारभक्त माथेमा, खगेन्द्र संग्रौला, नारायण वाग्लेलगायतका व्यक्तिले आज प्रधानमन्त्रीको कदमको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले संविधानमाथिको प्रहार इतिहासकै ठूलो अत्याचार, जो रक्षक उही भक्षक, दलको झगडामा संविधानलाई बली चढाउन पाइँदैन लगायतका नारा लेखिएका व्यानर बोकेका थिए ।

यसअघि पनि नागरिक समाजले प्रधानमन्त्री निवास बालुवाटार अगाडि यस्तै प्रदर्शनी गर्न खोज्दा प्रहरीले पानीको फोहरा सहित बल प्रयोग गरेको थियो ।