Ad #144479

मानिसहरु स्वस्थ रहनलाई खानपिनमा ध्यान दिने गर्दछन्। त्यस्तै स्वास्थ्य रहनलाई खानामा मात्र हैन निन्द्रामा पनि ध्यान दिनुपर्दछ। निन्द्रा नपुग्नाले धेरै मानिसहरु समस्यामा परेका छन्। भविष्यको लागि भनेर धेरै मानिसहरु कामलाई सधै अगाढी राख्दछन् र निन्द्रा पुरा पनि गर्दैनन्।

यसरी निन्द्रा पुरा नहुने गरी सुत्ने मानिसमा मानसिक समस्या हुन सक्ने तथ्यले सार्बजनिक भएको छ। विभिन्न तहका बिद्यार्थीहरुले निन्द्रा नपुग्ने गरि सुत्दा उनीहरुमा मानसिक समस्या देखापर्ने सो अध्ययनले देखाएको छ ।

निन्द्रा अपुघ भएर मानसिक समस्या भएका मानिसहरु मध्ये २१ प्रतिशतमा तनाबको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २५ प्रतिशतमा कुन्ठा, २५ प्रतिशतमा महत्वकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या २८ प्रतिशतमा आत्महत्याको समस्या र २४ प्रतिशतमा रिसाउने समस्या देखिएको अध्ययनकर्ताले बताएका छन्। अनिन्द्रा स्वास्थ्यका लागि धेरै हानिकारक हुने निष्कर्ष यस अध्ययनबाट प्रस्ट पारेका छन्।

एक लाख १० हजार ४९६ जना सहभागीसँग सामेल भएर गरिएको अध्ययनका क्रममा अनिन्द्राबाट सबैभन्दा धेरै कलेज तहमा पढ्ने विद्यार्थी पीडित भएको पनि पाइएको छ।

निन्द्रा नलाग्नुका कारणहरु :

मनमा कुरा खेलाउनाले
मानसिक तनाव लिनाले
धेरै सोच्ने
मनमा तर्क वितर्क गर्नाले
शारीरिक समस्याले
कमजोरी वा कुनै पीडाको कारणले
धेरै उत्साहित हुँदा

गहिरो निन्द्रामा पर्नको लागि यसो गर्नहोस् :

निन्द्रा लागेन भनेर प्राय मानिसहरुले औषधी सेवन गरेको पाइन्छ। यसरी औषधी सेवनले उल्टै हाम्रो स्वास्थ्यमा असर गर्दछ।
गहिरो निन्द्रामा पर्नको लागि :

राती सुत्ने समयलाई नियमित गर्नुहोस्। नियमित सुत्ने अभ्यासले ठीक समयमा निन्द्रा लाग्छ ।
ओछ्यानमा पुगेपछि भिडियो हेर्ने, फेसबुक चलाउने, चर्को ध्वनी सुन्ने गर्नुहुँदैन । मधुरो आवाजमा मात्र गीत सुन्नुहोस्
मनलाई शान्त बनाउने कथा, उपन्यास, विभिन्न धर्मग्रन्थहरु अथवा गीत सुन्नुहोस्।
सुत्नुअघि हल्का व्यायाम गरेर १५ मिनेटजति ध्यान गरे राम्रो हुन्छ ।