Ad #144479

१६ माघ, काठमाडौं । नेकपाको आधिकारिकतासम्बन्धी विवाद मिलाउन आज निर्वाचन आयोगले बोलाएको दुबै खेमाका नेताहरु आयोग पुगे । तर प्रचण्ड – माधव समूहले भने आजको बैठकमा आफ्नो सहभागिता हुन नसक्ने जानकारी गरायो ।

साढे ११ बजे नै दुबै पक्षका नेता आयोग पुगेका थिए । आज बिहान प्रचण्ड–माधव समूहले लामो छलफल गरी सहभागिता जनाउने निर्णय गरेको थियो । यसका लागि शीर्ष नेताहरु नै सहभागी हुन चाहेको तर माघ १८ गतेसम्म राजधानी बाहिरको कार्यक्रम तय भएकाले त्यसपछि बैठक डाक्न सुझाव दिइएको जानकारी नेता राजेन्द्र पाण्डले आयोग पदाधिकारीलाई दिए ।

सोही बमोजिमको पत्र दिएर उनीहरु आयोग परिसरबाट बाहिरिए । आज प्रचण्ड–माधव समूहले विराटनगरमा आमसभाको आयोजना गर्दैछ । सो सभालाई संवोधन गर्न शीर्ष नेताहरु उता जानुपर्ने भएकाले सहभागी हुन नसकेको जानकारी गराइएको हो ।