भोलिबाट एक महिनासम्म लाग्ने सालिनदि मेला सुरु हुँदै, आज ‘चिभ्वय नयेगु’ मनाइंदै

रमिता दंगाल

प्रत्येक वर्ष पौष शुक्ल पूणिर्माका दिन देखि माघ शुक्ल पूर्णिमासम्म मनाइने हिन्दू धर्मावलम्बीहरुको श्री स्वस्थानी व्रत भोलिबाट शुरु हुँदैछ।

यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ । माधवनारायण स्वस्थानी मेला लाग्ने साँखुस्थित सालीनदीमा मेलाको सम्पूर्ण तयारी पूरा भैसकेको छ ।

आज माधवनारायण श्री स्वस्थानी व्रतको प्रमुख दिन ‘चिभ्वय नयेगु’ मनाइन्छ। आज एक महिना सम्म व्रत बस्ने भक्तजनहरुले व्रत बस्नको लागि अन्तिम भोज खाइसकेर जल लिसकेपछि सिमित पक्ष मात्र उपभोग गर्न पाउने , जुत्ता लगाउन नपाइने सालिनदि बिकास समितिका अध्यक्ष मिजेंद्रकाजि श्रेष्ठले कागेश्वरी खबरसंगको कुराकानीमा बताउनु भयो ।

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । तर यसपाली सालिनदीमा आउने भक्तजनलाई आफ्नो सुरक्षा आफैंले गर्न पनि सालिनदी विकास समितिले आग्रह पनि गरेको छ।

व्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न दूर दर्शनको व्यवस्था मिलाइएको छ भने व्रतालु र भक्तजनबीच दूरी कायम गराउनका लागि व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ ।

साथै मेलामा आउने भक्तजनका लागि मास्क अनिवार्य गर्दै दूरी कायम हुने गरी सम्पूर्ण सुरक्षा र स्वास्थ्य लगायतका विषयमा तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

[sidebar name="button post"]