ओलीविरुद्ध आज फेरि मानहानी मुद्धा दायर

१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध आज फेरि अर्काे मानहानी मुद्धा दायर भएको छ । अधिवक्ताद्वय कञ्चनकृष्ण न्यौपाने र डा. कुमार आचार्य शर्माले अलग अलग प्रधानमन्त्रीले मानहानी गरेको भन्दै निवेदन दर्ता गराएको सर्वाेच्च अदालत स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वाेच्च अदालतमा विचाराधिन मुद्धामा बाजे वकिललाई लगेर तमासा देखाइको र वकीलले अदालतमा गफ फिटेको जस्तो अमर्यादित भाषा प्रयोग गर्ने प्रधानमन्त्रीलाई कारबाही गर्न माग दाबी गरिएकोछ ।

[sidebar name="button post"]