ओलीका अभिव्यक्तिले निर्लज्जताको सीमा नाघ्याे : पौडेल

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्तिले निर्लज्जताको सीमा नाघेको भन्दै सरकारले नागरिकमाथि गर्ने व्यवहार प्रतिगामी र तानाशाही रहेको टिप्पणी गरेका छन् ।

आज सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले लेखेका छन्– हरेक प्रतिगामी र तानाशाह शासकले अन्तिम समयमा यसैगरी बर्बराउने गर्छन्,जसरी अहिले ओली गर्दैछन् ।

ओलीले विरोधीहरुप्रति गरेको विष वमनले उनमा प्रजातान्त्रिक संस्कार नै नरहेको प्रष्ट भएको उनले टिप्पणी गरेका छन् । आफ्ना विरोधीलाई अपमानित गरेर ओलीले असली रुप देखाएका छन् भन्दै प्रतिगामी तानाशाह यस्तै बर्बरताका साथ अन्तिमतिर आउँछन् – पौडेलले लेखेका छन् ।

हिजो नागरिक समाजप्रति ओली प्रशासनले गरेको बर्बर व्यावहारप्रति कटाक्ष गर्दै वरिष्ठ नेता पौडेलले तर यस्ता बर्बरताले लोकतन्त्र र वहुलवादलाई केही फरक पर्दैन – उनले लेखेका छन् । साथै, ओलीको निरंकुशताविरुद्ध आफू अग्रपंक्तिमा उभिएर संघर्ष मैदानमा उत्रने उद्घोष पनि उनले गरेका छन् ।  लोकतन्त्रको रक्षाका लागि हुने आन्दोनलको अग्रमोर्चामा म उभिनेछु –नेता पौडेलले लेखेका छन् ।

[sidebar name="button post"]