गायक दुर्गेश थापालाई पुत्र लाभ

११ माघ, काठमाडाैं । गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । उनकी धर्मपत्नी प्राची लामाले शनिबार बिहान करिब ८ बजे सन्तानलाई जन्म दिएकी हुन् । काठमाडाैंको ह्याम्स अस्पतालमा प्राचीले छोरालाई जन्म दिएको गायक थापाले बताए ।

छाेराकाे जन्म भएपछि सामाजिक सन्जाल फेसबुकमा उनले लेखेका छन्, नयाँ मान्छेलाई सुनौलो संसारमा स्वागत छ । अहिले आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।

दुर्गेश र प्राचीले बिहे गरेको एक बर्ष भयो । तर, यो जोडीले बिहेको खबरलाई सार्वजनिक गरेको भने थिएन । पछिल्लो केही महिनादेखि भने दुर्गेश र प्राचीले आफूहरुको सम्बन्धलाई सामाजिक संजालबाट खुलाउने प्रयास गरेका थिए ।

दुर्गेशले केही महिना अगाडि प्राचीको जन्मदिनमा शुभकामना व्यक्त गर्दै दुईको सम्बन्ध खुलाएका थिए । गायक थापा नेपाली सांगीतिक क्षेत्रमा चर्चामा छन् । उनले गाएका ‘डन आयो डन, विच्च विच्चमा’ लगायतका गीत चर्चित छन् ।

[sidebar name="button post"]