प्रेम सम्बन्ध कति बलियो छ कसरी थाहा पाउने ?

हामी मध्ये धेरैलाई समयसमयमा आफ्नो प्रेम सम्बन्ध कति मजबुत छ भनेर जाँच्न मन लाग्छ । तर हामीलाई कसरी थाहा पाउने ज्ञान हुँदैन। सम्बन्धको गहिराई र मजबुतीका आधार के हुन् त ? कसरी थाहा पाउने त मैले खोजिरहेको मान्छे यही हो भनेर ?

तपाईंले आफ्नो प्रेम सम्बन्ध कति बलियो छ भनेर सजिलै पत्ता लाउन सक्नुहुन्छ । प्रेम सम्बन्ध बलियो छ-छैन भनेर यसरी थाहा पाउनुहोस् :

१) तपाईं आफ्नो पार्टनरसँग भविष्यका योजनाहरूबारे सजिलै कुरा गर्न सक्नु ।
२) तपाईंहरूबीच गरिएका बाँचाहरू अक्सर झुटा नहुनु ।
३) एक-अर्कालाई आफ्नो नियन्त्रणमा नराखी व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नु ।
४) तपाईंहरूबीच एक-अर्काको मनको कुरा बुझ्न नाटक गरिराख्नु नपर्ने ।
५) एक-अर्काप्रति तपाईंहरू सबैको सामु खुलेर गर्व गर्नु ।
६) स-साना असमझदारीलाई धेरै ठुलो विषय नबनाएर एक-अर्कासँग माफी माग्नु ।
७) एकले अर्काको विश्वास पूर्ण रुपले गर्नु ।
८) आफ्नो पार्टनरबारे अरुसँग गुनासो नगर्नु ।
९) एकले अर्कालाई अनावश्यक चासो दिदैं सबैकुरामा बदल्न नखोज्नु ।
१०) कुनै पनि गल्तीको दोष अर्कोलाई नथुपार्नु ।

[sidebar name="button post"]