प्रचण्ड-नेपाल स्थायी कमिटीको बैठक आज बस्दै

११ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ ।बैठक दिउँसो साढे १२ बजे बस्ने छ ।

समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रम लगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

गएको पुष ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।

[sidebar name="button post"]