मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने

११ माघ, काठमाडौं । वर्षा नहुँदा यो वर्षको हिउँदमा सुख्खापन र प्रदूषण बढेको छ । सामान्य नागरिकमात्रै नभएर यतिबेला किसान, वातावरणविद् पनि वर्षाको प्रतिक्षामा छन् । तर, मौसमविद्ले तत्काल वर्षा नहुने बताउँदै आइरहेका छन् ।

बिहान हुस्सु र कुहिरो लागेर केही ठाउँको मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने हुँदा यो महिनाभरिकै मौसम यस्तै रहने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

उहाँकाअनुसार सामान्यतया माघ महिनाको १५ गतेदेखि बिस्तारै गर्मी बढ्छ । दिन लामोसँगै गर्मी पनि बढ्दै जाने भए पनि यसपालि त्यस्तो नहुने देखिएको उनले बताए । समयमा नै पानी नपर्दा मौसम राम्ररी खुल्न सकेको छैन ।

पानी परे आकाश खुल्ने र धुवाँ धुलो पनि हटेर जान्छ । आज हिमाली जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ भने पहाडी जिल्लाको मौसम दिउँसोपख सफा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए । अहिले भने देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

[sidebar name="button post"]