जडीबुटिमा ग्याँस बुलेट बोकेको ट्यांकर पल्टियाे

१० माघ, काठमाडौं । जडीबुटिमा ग्याँस बुलेट बोकेको ट्यांकर पल्टिएको छ । शनिबार बिहानतिर लोकन्थलीबाट कोटेश्वर आउँदै गरेको ट्यांकर मनोहरा पुलमाथि रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार रेलिङमा ठोक्किएर ट्यांकर दुर्घटना भएको हो । नम्बर नखुलेको ट्यांकर दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

रेलिङमा ठोक्किएको ट्यांकर पुलमाथि सडकमै पल्टिएको छ । ट्यांकर पल्टिएका कारण कोटेशवर भक्तपुर हिड्ने गाडीलाई भने असहज भएको छ ।

[sidebar name="button post"]