आजको राशिफल वि.सं. २०७७ साल माघ १० गते । शनिबार । इ.स.२०२१ जनवरी २३ तारिक । नेपाल संवत् ११४१ । पौष शुक्लपक्ष ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा बिशेष काम सम्पन्न हुनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ ।आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । नयाँ कामको खोजी गर्नेहरुले नोकरिमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ ।प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आर्थिक स्थिती खस्केर जाने हुनाले घरायसी खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेकोछ । व्यावसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार तथा पशुपालन व्यावसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । आर्थिक दृष्टिले दिन उत्तम रहेकोछ भने अधुरा योजनाहरु पुरा हुनेछन् । पढाइ लेखाइ उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ भने तपाईंको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।पढाइ लेखाइ बिद्यार्थीहरुले राम्रो प्रगती गर्ने समय रहेकोछ ।बन्द व्यापार फस्टाएर जानेछ भने नया ठाउमा लगानि गर्ने वातावरण बन्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँका सहभागिता उच्च स्तरको रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने ग्रहयोग रहेकोछ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाईनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रेम प्रशङगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृड हुनेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ भने बिलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा बिवेकको प्रयोग मार्फत काम गरि मनग्गे आम्दानी गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।व्यावसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरुलाई सल्टाउने समय रहेकोछ । सत्रुले दुख दिन खोजे पनि अन्तत उनिहरुलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । बिवाद तथा न्यायिक निर्णयहरुबाट हुने सुनुवाई तपाईंकै पक्षमा हुने हुनाले मन प्रशन्न हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे लाभ हुनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशि हुनेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ ।भौतिक सम्पती तथा बिलाशि वस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यावासाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाती रहनेछन् ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा भनेजस्तो सुधार भएर जानेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पती लाभ हुनेछ ।काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । नया नया कामको प्रश्ताब आउनेछ भने सहयोगीहरुले साध दिदा कामहरु समयमा नै सम्पन्न हुनेछन् ।
तपाईँको दिन शुभ रहोस् ।











