प्रचण्ड-नेपाल समूहको विरोधसभा कारण राजधानीका ट्राफिक व्यवस्थापन अस्तव्यस्त

९ माघ , काठमाडौंका ।  नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहको विरोधसभा तथा शक्ति प्रदर्शनका लागि निस्किएका जुलुसका कारण राजधानीका ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरबाट ठूलो संख्यामा नेकपा कार्यकर्ता भृकुटीमण्डपतिर एकीकृत भइरहेका छन्।

माइतीघर, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, कोटेश्वरलगायत ठाउँबाट जुलुस निस्किरहेका छन्। ती जुलुसका कारण मुख्य तथा भित्री सडकहरू अस्तव्यस्त बनेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ। भित्री कोर एरियाका सबै सडक अस्तव्यस्त छन् ।

[sidebar name="button post"]