८ माघ, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले एण्टिजेन प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण गर्ने भएको छ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एण्टिजेन प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण गर्ने नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिनुभएको छ ।
हाल विश्व भरि नै महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाममा लागि नेपाल सरकारबाट अति प्रभावित स्थानमा निशुल्क एण्टिजेन प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण हुन लागेको हुँदा मिति २०७७ साल पौष २१ गतेको इडिसीडि टेकुको प्राबिधिक सहयोगमा
यहि आउँदो माघ १० गते बिहान ११ बजे देखि ३ बजे सम्म वडा नं ९ गान्धी स्कुल काँडाघारीमा, २०७७ माघ ११ गते बिहान ११ बजे देखि ३ बजे सम्म वडा नं ६ मुलपानी चौर ,२०७७ माघ १२ गते बिहान ११ बजे देखि ३ बजे सम्म वडा नं ५ थली चौरमा परिक्षण गरिने भएकोले सबै नगर बासीहरुलाई जानकारीको लागि सो विज्ञप्ति जारी गरिएको उल्लेख गरिएको छ।
स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका, बैंक/वित्तीय संस्थाका कर्मचारी, सवारी साधन चालक /एम्बुलेन्सचालक, कोभिड १९ का लक्षण भएका तथा संक्रमित संग सम्पर्क भएका ब्यक्तिहरु, बिभिन्न व्यवसाय गर्ने ब्यपारी आदि समुहमा परिक्षण गरिने छ।












