Ad #144479

दिपक दिपाको चलचित्र ‘छ माया छपक्कै’ युट्यूबमा सार्वजनिक गरिएको छ । गत वर्ष दशैँमा प्रदर्शनमा आएको चलचित्र पाइरेसी भएपछि युट्यूबमा सार्वजनिक गरिएको हो । सो मंगलबार साँझ आमा अग्नी कुमारी मिडियाको आधिकारिक च्यानलमार्फत सार्वजनिक भएको हो ।

यो चलचित्र केही महिनाअघि पाइरेसी भएको थियो । पाइरेसी कपी युट्यूबमा भेटिन थालेपछि चलचित्र सार्वजनिक गरिएको बुझिएको छ ।

यस चलचित्रले गत वर्षकै उत्कृष्ट कमाई गरेको थियो । चलचित्रको डिजिटल अधिकार लिएको आमा अग्नीकुमारी मिडियाले यो चलचित्रलाई आफ्नो अफिसियल युट्यूब च्यानलमा सार्वजनिक गरेको छ ।

दीपेन्द्र लामाको लेखक तथा निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय छ। यही टिमको मुख्य भूमिका रहेको चलचित्र ‘छक्का पन्जा ३’ केही हप्ता अगाडि मात्रै युटुबमा सार्वजनिक गरिएको थियो ।