७ माघ, काठमाडौं । नेपाल प्रहरीले ठूलो परिमाणमा खैरो हेरोइनसहित ९ जनालाई पक्राउ गरेको छ । यो अहिलेसम्मकै धेरै परिमाणमा लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ५३६.५ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।
खैरो हेरोइनसँगै नौ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद र ७।५ ग्राम एमफेटाइमन आइस ड्रग समेत बरामद गरिएको छ ।












