२ माघ, काठमाडौं । सर्वाेच्च अदालतमा विचाराधिन वहुचर्चित मुद्धा हो प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन । यसबारे धमाधम वहस भैरहेको छ । पक्ष र विपक्षमा विभक्त वकिलहरु आफ्ना दलिल प्रस्तुत गदैछन् ।
प्रधानमन्त्री ओलीविरुद्ध परेको यो मुद्धाको सुनुवाई गर्ने न्यायमूर्तिहरु नै अहिले वालुवाटार पुगेर फर्कने अवस्थामा पुगेको स्रोतको भनाई छ । आफूले गरेको विघटन सदर हुने र निर्वाचन भएरै छाड्ने ओलीको उद्घोष रहेको छ । यसका लागि आफूले सर्वाेच्च अदालतमा सेटिङ नै मिलाएको दाबी ओलीको रहने गरेको छ ।
त्यसैलाइै बल पुग्ने गरी ओलीले सुनुवाईमा रहेका र नरहेका न्यायधीशहरुलाई समेत बालुवाटार बोलाएर मन्त्रणा गर्दैछन् । स्रोतका अनुसार, गएको पुष २७ गते ओलीले दिउँसो न्यायधीशद्वय हरिकृष्ण कार्की र सपना प्रधान मल्ललाई बेग्लाबेग्लै भेट गरेका थिए । कार्कीले संवैधानिक इजलाशमा नबस्ने भनेपछि प्रधानन्यायधीश चोलेन्द्रसम्शेर राणाले उनको ठाउँमा प्रधान मल्ललाई सदस्य तोकेका छन् ।
यस्तै ओलीले सर्वाेच्च अदालतका वरिष्ठ न्यायधीशहरु दीपक कार्की र मीरा खड्कालाई पनि बालुवाटार बोलाएर भेट गरेको स्रोतको दाबी छ । पुषको २६ गते राति देउवाले कार्की र खड्कासँग भेट गरेका हुन् ।











