काठमाडौं । पुवा युस्ताले निकै रुचाएकी चर्चित गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत ‘न्याय मरेको देश’ सार्वजनिक भएको छ ।
राजेश पौडेलको शब्द रहेको गीतमा दिनेश मुस्कानले संगीत भरेका छन् । महिलाहरुमाथि हुने विभिन्न हिंसा बलात्कार, एसिड काण्ड र छाउपरी प्रथालाई गीतमा मार्फत प्रस्तुत गरेको निर्देशक विना श्रेष्ठले बताएकी छन् ।
उक्त गीत आफुले निकै नै मेहनत गरेको छु ,दर्शकले निकै नै रुचाउने छ भनेर बिश्वास गरेको निर्देशक श्रेष्ठले बताइन।भिडियोको मुख्य भूमिकामा लक्ष्मी बर्देवा,सुशील पोखरेल,साक्षी लम्साल,पुजन घिमिरे,बासु शाही,अनिता पौडेलको अभिनय रहेको छ।
रश्मि शाक्यले निर्माण गरेको भिडियोमा उत्तम हुमागाईंको छायाँकन गरेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादनगरेका हुन् ।
[sidebar name="button post"]











