नेपाल भारतको संयुक्त आयोगको वैठक सुरु

२ माघ, काठमाडौं । नेपाल भारतको संयुक्त आयोगको वैठक सुरु भएको छ । भारतको नयाँ दिल्लीस्थिति हैदरावाद हाउसमा वैठक सुरु भएको हो ।

वैठकमा दुवै देशका परराष्ट्रमन्त्रीले आ–आफ्नो देशको प्रतिनिधि मण्डलको नेतृत्व गरेका छन् । वैठकमा नेपालका पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतको तर्फबाट भारतीय विदेश मन्त्री एस जयशंकरले नेतृत्व गरेका छन् ।

पराष्ट्रमन्त्री ज्ञवाली वैठकमा भाग लिन हिजो बिहीबार काठमाडौबाट नयाँ दिल्ली गएका थिए । यस भ्रमणलाई लिएर देश भित्र समर्थन र विरोध दुवै पक्षमा आवाज र तर्कहरु आइरहेका छन् ।

केहीले देशभित्र उत्पन्न राजनीतिक वातावरणका बीच भ्रमण हुन नहुने तर्क राखेका छन् भने केहीले कोरोना भाइरसको खोपसहित अन्य विषयमा छलफल गर्ने तालिका अनुसार भ्रमण भएको भन्दै समर्थनमा तर्क गरिरहेका छन् ।

[sidebar name="button post"]