पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक सुरु

२ माघ, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।पेरिसडाँडास्थिति पार्टी कार्यालयमा बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

वैठकमा विभिन्न राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । नेकपा केपी ओली नेतृत्व र दाहाल नेतृत्वमा विभाजित भएपछि दुवै समूहले आ–आफ्ना समूहका बैठकहरु डाक्दै आएका छन् ।

यद्यपी अहिलेसम्म नेकपा औपचारिक रुपमा विभाजन भएको भने छैन । दुवै समूहले नेकपा नाम र सूर्य चिन्ह आफ्नो भएको दावी गर्दै आएका छन् ।

[sidebar name="button post"]