१ माघ, काठमाडौं । काठमाडौंको नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराज रहेका छन् । चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेक प्वाइन्टमा सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७९० नम्बरको बस चेकजाँच गर्नेक्रममा बिहीबार उनी पक्राउ परेका हुन् ।
उनको साथबाट लागूऔषध ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनारगन, ६४ एम्पुल नुरफिन र ४० ट्याब्लेट नाइट्राजेपाम बरामद भएको प्रहरीले जनाएकाे छ । पक्राउ परेका गहतराजमाथि लागूऔषध नियन्त्र ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












