Ad #144479

एजेन्सी । चिसो बढ्दा न्यानोका लागि मदिरा सेवन गर्नुपर्छ भन्ने संकेत गर्छ । अहिले जाडोको मौसम चलिरहेको छ । यो समयमा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

तर, चिसो मौसममा बढी मदिरा सेवन गर्दा ज्यानै जाने गरेको छ । चिकित्सकको अनुभवमा विपन्न समुदायमा चिसो हटाउने नाममा बढी मदिरा सेवन गरेर बाहिर सुत्दा धेरैको ज्यान गएको छ ।

चिकित्सकहरु भन्छन्, यस्तो समयमा मद्यपान गरेर चिसो बाहिर धेरै हिँड्नाले शरीर चिसिने समस्या हाइपोथर्मिया हुनसक्छ । त्यसैले यो विषयमा सावधान हुनुपर्छ ।

धुमपान र मद्यपान गर्दा न्यानोको अनुभूति भएपनि त्यो भ्रम मात्र भएको चिकित्सक बताउँछन् । त्यतिमात्रै होईन चिकित्सकले खुलाएका छन्, ‘मद्यपानका कारण शरीर चिसोचाहिँ हुन्छ, तातो होइन । यो भ्रम हो । त्यसैले यो मौसममा मद्यपान गरेर सुतेकाहरुको राति नै मृत्यु समेत भएका घटनाहरु समेत हामीले देखेका छौँ ।