लोउव्रे, पेरिष। लोउव्रे पेरिषमा अवस्थित विश्वकै ठूलो संग्रालय हो। उक्त संग्रहालयमा विश्व प्रशिद्ध चित्रकार लियोनार्दो दा भिन्सिको मोनालिजाको चित्र रहेको छ। वर्षेनी लाखौँको तादातमा पर्यटकहरू यस संग्रहालयको भ्रमणमा आउँछन्। तर वर्ष २०२० मा यो संख्या ७० प्रतिशतले घटेको छ। कोरोनाको माहामारीसगैँ चित्र तथा कला प्रेमीहरूका पनी संग्रहालयमा लामो समयसम्म बन्द हुन पुग्यो।
कोभिडको माहामारीसंगै संग्रहालय ६ महिना लाकडाउनको प्रभाव पर्यो। वर्ष २०१८ मा एक करोड, २०१९ मा ९० लाख र २०२० मा भने २७ लाख मात्र पर्यटक अवलोकनका लागि प्रवेश गरे। गर्मि याममा ज्यादा मात्रामा पर्यटक भ्रमण गर्न यो संग्रालय आउने गर्छन। फ्रान्स लगायत संयु्क्त राज्य अमेरीका, चिन, जापान, ब्राजिल जस्ता मुलुकबाट लाखाैं पर्यटक यो संग्रहालयमा आउने गर्दछन् तर गत वर्ष २०२०मा संख्या ज्यादै नै घटेको थियो।
लकडाउन भन्दा पहिले वसन्त ऋतुमा संग्रहालय खोलिएको थियो, त्यस समयमा लागभग १० लाख पर्यटकले भ्रमण गरेका थिए। जस कारण संग्रहालयले ठुलो आर्थिक संकटमा परेन। लकडाउन पछि भने संग्रहालयले इन्टरनेटको माध्यमबाट टिकट बेच्ने काम गरेको थियो।
संग्रहालयले आफ्नै आय बढाउनका लागि वृत्तचित्र देखाएको थियो। अ नाइट एट दि लोउव्रे: लेओनर्दो दा भिन्सी, लगायत बिड फोर दि लोउव्रे नामको थियटर चलचित्र देखाएको थियो। जसवाट २४ लाख युरो संकलन भयो।
यस सगैँ फेन्च सरकारको अनुसार संग्रहालयको आय ४० प्रतिशतले घटेको छ। फ्रान्सका पर्यटन मन्त्रि “जिन बाप्टिस”का अनुसार यो वर्ष कोरोनाका कारण पर्यटनमा ठुलो धक्का पुगेको छ। फ्रान्स पर्यटकीय हिसावले महत्वपुर्ण गन्तव्य हो। फ्रान्स पहिलेकै गतिमा फर्कन क्रममा बाँकी देशको तुलनामा अगाडि रहेकोछ।
फ्रान्सका पर्यटन मन्त्रि” जिन बाप्टिसले” विदाको समयमा फ्रान्स घुम्न आउनु भएका पर्यटकलाइ टेलिभजनहरूको माध्यमबाट धन्यवाद व्यक्त गर्नु भयो।
स्रोत:ए एफ पी बाट












