काठमाडौं । मंगलबार राति नेपालमा काठमाडौं र भक्तपुरसहित विभिन्न ६ जिल्लाका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भयो।
लामो समयसम्म कोरोना संक्रमित नभेटिएको काठमाडौंमा मंगलबार कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी रहेको खुल्न आएको छ ।
उनीसहित भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।
भक्तपुरमा फेला परेका संक्रमित भने केही समयअघि मात्र तराइबाट काठमाडौं आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिर अधिकारीले बताउनुभयो । तीनै जनाको स्वास्थ्य अबस्था समान्य रहेको छ ।
[sidebar name="button post"]