काठमाडौं । कपिलवस्तुमा बुधबार भेटिएका ८ जना कोरोना संक्रमित मध्ये ४ जना सुरक्षाकर्मी भएको पाइएको छ ।
उनीहरु मध्ये दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई रहेका छन् ।
उनीहरु कपिलवस्तुमा यसअघि भेटिएका कोरोना संक्रमितको सम्पर्कमा रहेका थिए । कपिलबस्तुमा यसअघि भेटिएका कोरोना संक्रमितको स्वाब संकलनका क्रममा उनीहरु सम्पर्कमा रहेका थिए । यसअघि मंगलबार पनि कपिलबस्तुर्मा कजना स्वास्थयकर्मीलाई कोरोना संक्रमण भएको थियो ।