Ad #144479

१९ पुष, काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज शसस्त्र प्रहरीको विभागीय टिम एपीएफ र प्रदेश-१ भिड्दै छन् ।

खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छ । हिजो भएको सेमिफाइनल खेलमा प्रदेश-१ ले लुम्बिनी प्रदेशलाई र एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’को आयोजना तथा नेपाल क्रिकेट संघ ९क्यान०को प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ । उप-विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५–२५ हजार रुपैयाँ पाउनेछन् ।