Ad #144479

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा सेल्टा डी भिगोलाई २–० ले पराजित गरेरको हो ।

जितपछि शीर्ष स्थानको रियल मड्रिडको १७ खेलबाट ३६ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको १४ खेलबाट ३५ अंक छ ।

शनिबार राति भएका अरु खेलमा भिल्लारियलले लेभान्टेलाई २–१ तथा रियल भालाडोलिडले गेटाफेलाई १–० ले पराजित गर्दा रियल बेटिस र सेभिल्लाले १–१ को बराबरी खेलेका छन् ।