नेपाल र बंगलादेशको दाेस्रो मैत्रीपूर्ण खेल बराबरी : उपाधी बंगलादेशलाई

 मंसिर २, नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । यो सँगै खेलको उपाधी बंगलादेशले जितेको छ ।

यस अघि गएको कार्तिक २८ गते भएको मैत्रीपूर्ण खेलमा बंगलादेश २-० गोल अन्तरले विजयी भएको थियो । बंगलादेशले एक जित र एक बराबरीसँगै उपाधी जितेको हाे । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

कतारमा सन् २०२२ मा हुने विश्वकप र चीनमा सन् २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी छ ।

[sidebar name="button post"]