असाेज २६, काठमाडौंकाे कागेश्वरी मनाेहरामा पहिलाे कागेश्वरी मनाेहरा भर्चुअल तेक्वान्दाे च्याम्पियनसिपकाे उद्घाटन भएको छ । च्याम्पियनसिप कार्यक्रमकाे उद्घाटन नगरप्रमुख कृष्णहरि थापाले यूटुबमा रहेको भिडियो क्लिक गरी गर्नुभयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय निर्णायकहरु नाेर्बु लामा, हिरा थापा, मीन न्याैपाने, बिक्रम खड्की लगायतलाई आयोजकको तर्फबाट सम्मान गरिएको थियो ।
नगर खेलकुद बिकाश समितिका अध्यक्ष नवराज पुडासैनीकाे अध्यक्षतामा भएको कार्यक्रममा वडा ४ का अध्यक्ष भाइकाजी अधिकारी, समाजसेवि भरतमणी पुडासैनी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सिसा फुड्ल्यान्ड थलिमा भयको थियो।
[sidebar name="button post"]









