काठमाण्डाै उपत्यकाका सबै अस्पतालहरुलाई आकस्मिक बाहेकका शल्यक्रिया नगर्न  निर्देशन

काठमाण्डाै । स्वास्थ्य मन्त्रालयले काठमाण्डाै उपत्यकाका सबै अस्पतालहरुलाई आकस्मिक बाहेकका शल्यक्रिया नगर्न  निर्देशन दिएको छ । यस्तै सरकारले काठमाण्डाै उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउने भएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले उपत्यकामा कोरोना सङ्क्रमितको उपचारका लागि सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

लक्षण भएका कोरोना सङ्क्रमितको सङ्ख्या बढेकोले कोरोनाका बिरामीलाई आईसीयू र भेन्टिलेटर बेड पाउने अपेक्षा गरेर आकस्मिक बाहेकका शल्यक्रिया नगर्न निर्देशन दिएको प्रवक्ता गौतमले बताउनुभयो ।

मन्त्रालयले स्वास्थ्य सेवा विभागसँग भएका भेन्टिलेटर, आईसीयू तथा अक्सिजन कोरोना सङ्क्रमितको उपचारका लागि प्रयोग गर्ने पनि निर्णय गरेको छ ।

[sidebar name="button post"]