बार्सिलोना पुग्यो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

लियोनल मेस्सी कप्तानीको स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग शनिबार राति भएको  खेलमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शनिबार राति भएको खेलमा इटालियन क्लब नापोलीमाथि ३–१ को जित निकाल्दै समग्रमा ४–२ को नतिजासहित बार्सिलोनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो।

अब बार्सिलोनाले लिस्बोनमा सेमिफाइनल प्रवेशका लागि जर्मन क्लब बार्यन म्युनिखसँग प्रतिस्पर्धा गर्ने छ ।

[sidebar name="button post"]