१८ साउन, काठमाडौं । कप्तान पिएरे एमरिक अबामयाङको दुई गोलको मद्दतले आर्सनलले २–१ अन्तरमा चेल्सीलाई पराजित गर्दै शनिबार एफएकप जितेको छ ।
१४ औं पल्ट आर्सनल विजेता बन्न कप्तान पिएरे एमरिक अबामयाङको आकर्षक खेलले मद्दत पुरायो । पहिलो हाफको खेल १–१ को बराबरी रहेको स्थितिमा अबामयाङले खेलको ६७ औं मिनेटमा निर्णायक गोल गरे । यससँगै आर्सनल अर्को सिजनको युरोपा लिगका पनि छनोट भएको छ ।
मिखेल आर्टेटा आर्सनल व्यवस्थापकका रूपमा आएपछिको पहिलो सफलता हो । घरेलु लिगमा राम्रो गर्न नसकेको आर्सनल अंक तालिकाको आठौं स्थानमा रहेको छ ।
चेल्सीले खेलको पाँचौं मिनेटमा क्रिस्टियन पुलिसिचको गोलले अग्रता लिएयता पनि अबामयाङले २८ औ र ६७ औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई जित दिलाए ।