कोभिड–१९ का कारण विदेशमा १८९ नेपालीको मृत्यु

१८ साउन, काठमाडौं । हाल सम्म विश्वभर कोभिड– १९ महामारीका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको छ । बितेका सात दिनमा मात्रै विदेशमा २८ नेपालीको मृत्यु भएको छ ।

बितेका सात दिनमा विदेशमा मृत्यु हुनेमा भारतमा २५, साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनारहेको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । सङ्घले लण्डनबाट आज बिहान प्रेस विज्ञप्ति जारी गरि विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको जानकारि दिएको छ ।

सङ्घले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र परेका नेपालीलाइ ५४ चार्टर्ड उडानको मार्फत ३७ हजार ४२४ जनालाई नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ ।