लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनले लगभग खाली रहेको एनफिल्ड मैदानमा बुधबार राति विशेष समारोहमा इंग्लिस प्रिमियर लिगको उपाधि उचालेका छन् ।
लिभरपुलले पछिल्लो ३० वर्षमा पहिलो पटक शीर्ष लिगको उपाधि जितेको हो । हेन्डर्सनले क्लबका लेजेण्ड सर केन्नी डगलिशबाट उपाधि प्राप्त गरेका हुन् ।
गएको जुन २५ मै सात खेल बाँकी हुँदा लिभरपुल प्रिमियर लिगको विजेता बन्ने पक्का भएको थियो। कप्तान हेन्डर्सनले लामो समयको पर्खाईपछि उपाधि पाएको र यो अति विशेष रहेको बताए ।