काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र एस्टोन भिल्ला विजयी भएका छन् ।
सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा फिल फोडेन र एम्रिक लापोर्टेले एक/एक गोल थपेका थिए । ३१ औं मिनेटमा स्टर्लिङले अग्रता दिलाएका थिए ।
जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलमा ७८ अंक जोडेको छ । यस्तै आर्सनलविरुद्ध एस्टोन भिल्लालाई मोहम्मद हसनले २७ औं मिनेटमा गरेको गोल नै स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो ।
[sidebar name="button post"]