नारायणगढ–मुग्लिन सडकमा पहिरो

काठमाडौँ – नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो।

ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ।

राति पहिरो खसेको हो । राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीले जानकारी दिए।