यस वर्षको बालोन डीओर नहुने

काठमाण्डौं , फ्रान्स फुटबलद्रारा प्रदान गरिने विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत उपाधि बालोन डीओर यस वर्ष नहुने भएको फ्रान्स फुटबलले जनाएको छ ।

कोरोना संक्रमणका कारण केहि लिग रद्द हुँदा केहि लिग छोटो समयमा धेरै खेल गरेर समापन गरिएको छ । सन् १९५६ यता पहिलो पटक रद्द भएको हो ।

आयोजकले उपाधि विजेता घोषणा गर्न आवश्यक रहेको आधारहरु पर्याप्त नरहेको बताउँदै रद्द गर्ने निर्णय लिएको जनाएको छ ।

क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले पछिल्लो दशक वर्चस्व जमाउँदै आएको ब्यालोन डीओरको यस बर्षको उपाधि होडको प्रमुख दाबेदारको रुपमा रियल मड्रिडका डिफेन्डर सर्जिओ रामोस , बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र म्यानचेस्टर सिटीका केभिन डे ब्रुएनलाई हेरिएको थियो ।

[sidebar name="button post"]