गएराति भएको खेलमा भिल्लारियललाई दुई एकको गोल अन्तरले हराउँदै रियलले इतिहासमा ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि हात पारेको हो ।
एकतर्फि जस्तो आक्रमण गरेको रियालले ८२ औं मिनेटमा अर्को उत्कृष्ट मौका पाएको थियो । तर यसपटक रियलका टोनी क्रुसको प्रहार पोष्टमा लागेर फर्कियो ।
त्यसको एक मिनेटमा भिल्ला रियलले गोल गर्दै अन्तर कम गर्यो । उसका लागि भिसेन्ट इबोर्राले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन र रियल विजयी भयो ।
योसँगै रियलले एक खेल बाँकी हुँदै लिगको उपाधि पक्का गरेको हो ।