मेलम्चीमा सुरुङको गेट किन फुट्यो ?

साउन २ । सिन्धुपाल्चोक मेलम्चीको पानी सुन्दरीजलसम्म पु¥याउन असार २१ गते सुरुङ परीक्षण थालियो । तर, त्यसको एक सातामै सुरुङको गेट फुटेर मानवीय क्षति भयो ।

अस्थायी बाँध बनाएर वर्षाको समयमा सुरुङ परीक्षण गर्दा पानीको बहाव बढी भई सुरुङ चुहावट भएको प्राविधिकले बताएका छन् । तर आयोजनाले सुरुङ के कारणले फुटेको भनेर आधिकारिक कारण दिएको छैन । थोरै क्षेत्रमै दुर्घटना भएकाले धेरै जनधनको क्षति हुने अवस्थाबाट भने जोगिएको छ ।

दुई दशकपछि मेलम्चीको पानी खान पाउने काठमाडौंवासीको उत्साहमा धक्का लागेको छ । इटालीको कम्पनीले ठेक्का रद्द गरेपछि हतारमा अस्थायी बाँध बनाउने ठेक्का दिने निर्णय गरिएको थियो । गेट फुटेर दुर्घटना भएपछि खानेपानी मन्त्रालयले सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छानबिनका लागि प्राविधिक समिति खटाएको छ ।

अब केहि दिन मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ । आयोजनाकोे सुरुङ परीक्षणका क्रममा एक्कासी गेट खुल्दा दुई जना बेपत्ता भएपछि परीक्षण रोकिएको हो । बेपत्ता भएकामध्ये इञ्जिनीयर सतीश गोहितको शव भेटिएको छ । चालक राधाकृष्ण थापा मगरको भने अवस्था अझै थाहा हुन सकेको छैन ।

दुर्घटनापछि आयोजनाको परीक्षण स्वरूप पानी हाल्ने काम रोकेर सुरुङमा पठाइएको सबै पानी बाहिर निकालिएको छ । अब फेरि १५÷२० दिन सुरुङमा पानी भर्न नै लाग्ने भएकाले तत्काल पानी पठाउने योजना नरहेको आयोजनाले जनाएको छ ।

[sidebar name="button post"]