स्पेनिस ला लिगा फुटबलको लिग अन्तर्गत सोमबार राति भएको खेलमा ग्रानाडा पराजित

स्पेनिस ला लिगा फुटबलको लिग अन्तर्गत सोमबार राति भएको खेलमा ग्रानाडालाई २–१ ले पराजित गरेसँगै रियल मड्रिड उपाधिको एक जित पर पुगेको हो ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा गरेको दुई गोलको सहयोगमा रियल मड्रिडले जित निकालेको हो।

ग्रानाडाका लागि माचिसले ५० औँ मिनेटमा एक गोल फर्माए । जितसँगै जिनेदिन जिदानको टिम रियल मड्रिड दुई खेल बाँकी हुँदा दोस्रो स्थानको बार्सिलोना भन्दा चार अंकले अघि रहेको छ ।

रियल मड्रिडको ३६ खेलबाट ८३ तथा बार्सिलोनाको ७९ अंक रहेको छ । रियल मड्रिडसँग पराजित भएको ग्रानाडा ५० अंकसहित १० औँ स्थानमा छ ।

ला लिगा अन्तर्गत सोमबार राति भएका अरु खेलमा रियल सोसिडाडले भिल्लारियललाई २–१ ले पराजित गर्दा गेटाफे र एलाभेसले गोलरहित बराबरी खेलेका छन् ।