शीर्षचारमा उक्लिने सुनौलो मौका म्यानचेस्टर युनाइटेडले गुमायो

म्यानचेस्टर युनाइटेडले शीर्ष चारमा उक्लिने महत्वपूर्ण मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा साउथह्याम्पटनसँग बराबरीमा रोकिएर म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई पछि पारी चौथो स्थानमा पुग्ने मौका गुमाएको हो ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्पटनसँग २–२ को बराबरीमा रोकिएको हो ।

बराबरीपछि पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेडको ३५ खेलबाट ५९ अंक भएको छ । चौथो स्थानको लेस्टर सिटीको पनि ५९ अंक नै भए पनि गोल अन्तगरका आधारमा अघि रहेको हो । ४५ अंकसहित साउथह्याम्पटन १२ औँ स्थानमा रहेको छ ।