प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्ज प्रतियोगिताअन्तर्गत तेक्वान्दोको पुम्से विधामा नेपालका मधुसूदन सापकोटाले स्वर्ण पदक जितेका छन् । भर्चुअल प्रतिस्पर्धामा सापकोटाले ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण जितेका हुन् ।
श्रेष्ठले कास्य पदक प्राप्त गरेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिनुभयो । प्रगतीले १३–१४ वर्ष उमेर समूह र आयुशले १५–१७ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए । यस्तै भिजनले १०–१२ वर्ष उमेर समूह र प्रविणले यु–१९ तर्फ विपक्षीसँग भिडेका थिए ।
उक्त प्रतियोगितामा नेपालबाट आठ खेलाडी सहभागी छन् । नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी रहेको खड्काले बताउनुभयो ।
उक्त प्रतियोगितामा १२ देशका ३७५ खेलाडी सहभागी छन् ।
[sidebar name="button post"]









