Ad #144479

अखिल नेपाल फुटबल संघले देशका विभिन्न स्थानमा हुने नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।

‘ए’ डिभिजन लिग बीचमा एन्फाले मोफसलका प्रतियोगिताहरूको मिति सार्वजानिक गरेको हो।

एन्फाले लिगको खेल तालिका स्थगित नहुने भएकाले नकआउट प्रतियोगितामा सम्बन्धित क्लबले आफैँ समय मिलाउनु पर्ने जनाएको छ।

साथै एकै क्लबले एकै मितिमा हुने दुई नकआउट प्रतियोगितामा भने सहभागी हुन नपाउने एन्फाले जनाएको छ। प्रतियोगिताका ११ खेल २६ माघदेखि १८ चैतसम्म हुने छ।