कतारमा जारी फिफा विश्वकप फुटबलमा आजबाट क्वाटरफाइनलका खेलहरू सुरु हुँदैछन्।
शुक्रबार दुई क्वाटरफाइनलका खेलहरू हुनेछन्। पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिष्पर्धा हुनेछ।
एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ।
यस्तै, दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुनेछ। लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।
अर्जेन्टिना र नेदरल्याण्ड्स पनि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन्।
[sidebar name="button post"]









